हाम्रो गोलधाप कृषि सहकारीको वार्षिक साधरणसभा,अध्यक्षमा चक्र लिम्बु सर्वसम्मत

झापा। हाम्रो गोलधाप कृषि सहकारी संस्था लिमिटेड हल्दीबारी १ को ११ औँ बार्शिक साधारणसभा तथा चौथो अधिवेशन नयाँ कार्यसमित चयन गर्दै सम्पन्न भएको छ ।

Advertisement

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा
चक्रबहादुर लिम्बु , उपाध्यक्ष कृष्णप्रसाद खतिवडा, सचिव भोलानाथ ओली  र सदस्यहरूमा
यादव भट्टराई, कमल बास्के, हेमकुमारी गुरूङ्ग, भिमकुमारी बाँनिया, केशवप्रसाद उप्रेती सर्वसम्मत निर्वाचित भएका छन्।
संस्थाका अध्यक्ष राजेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गा. पा. अध्यक्ष श्री रबिन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो भने १ नं वडा अध्यक्ष श्री देवीबहादुर थापा ,कार्य पालिका सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली , वडा सदस्य प्रकास कार्की   साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
हल्दिबारी गा. पा. योजना शाखा प्रमुख राजन न्यौपाने निर्वाचन अधिकृत रहेका थिए भने सहकारीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। नव निर्बाचित कार्य समितीलाई आजै सपथ गराइएको थियो।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search