झापा उधोग वाणिज्य संघको आयोजनामा रक्तदान, ४४ पिन्ट रगत संकलन

झापा। झापा उधोग वाणिज्य संघको आयोजनामा विश्व एडस दिवसको अवसरमा भद्रपुरमा भएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४४ जना रक्तदाताले रक्तदान गरेका छन्।
पछिल्लो समय बढ्दै गएको रक्त अभावलाई मध्यनजर गरेर कार्यक्रम गरिएको झापा उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईले बताए।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सगरमाथा चोक भद्रपुरमा भएको रक्तदानमा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनालीले रक्तदान गरेर शुभारम्भ गरिएको थियो।कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर, भद्रपुरका डीएसपी रोहितकुमार घिमिरेलगायत सशस्त्र प्रहरी, नेपाल प्रहरीले समेत रक्तदान गरेका थिए ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्की, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, हल्दीबारी वडा नं ४ कि वडा सदस्य भगिरथा दाहाल ,भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सदस्य नितेश वर्मा, नेपार रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महत, संघका पूर्व महासचिव तोया गड्तौला लगायतको उपस्थिति थियो ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search