हल्दीबारी वडास्तरीय नकआउट फुटबल, वडा नं ३ र ५ फाइनल प्रवेश

झापा । स्व. जगत बहादुर तथा नरमाया वन स्मृती प्रतिष्ठान हल्दीबारीले आयोजना गरेको तीन दिने फुटबल प्रतियोगिता को दोस्रो दिन आज भएको सेमीफाइनलको पहिलो खेलमा वडा नं २ लाई १ शुन्य गोल अन्तरले पराजित गर्दै वडा नं ३ फाइनलमा प्रवेश गरेको छ । वडा नं ३ का बिक्रम पुरीले गरेको गोल नै निर्णायक निर्णायक गोल बनेको थियो।
यसैगरी दोस्रो खेलमा वडा नं ४ लाई १ शुन्य गोल अन्तरले पराजित गर्दै वडा नं ५ फाइनल प्रवेश गरेको छ । वडा नं ५ का लागि १ मात्रै गोल विवेक लिम्बुले गरेका थिए।

Advertisement

आजको कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली रहेकी थिइन भने वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ३ का वडा अध्यक्ष बिष्णुप्रसाद ओली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिता हल्दीवारी माध्यमिक विद्यालयको खेल मैदानमा मंसिर १९ गते सम्म संचालन हुनेछ प्रतियोगितामा बिजेता टिमले नगद २५ हजार र उपबिजेता हुने टिमले नगद १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने छन्।
आजको प्रतियोगितामा वडा नं ३ का बिक्रम पुरी र वडा नं ५ का विवेक लिम्बु म्यान अफ द म्याच घोषित भएका थिए।
भोलीको फाइनल खेल वडा नं ३ र ५ को बिच हुनेछ भने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण खेल पनि हुनेछ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search