काठमाडौँ । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्। शुक्रबार रुपन्देही पुगेका लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन। बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए। उनका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर रिहा भएका हुन। लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।
हल्दीबारीबाट सुरु भयो चलचित्र ‘तिलस्मी’को यात्रा, जेठ २०८२ मा हलमा
February 2, 2026
चिल्ड्रेन गार्डेन पूर्व विद्यार्थी समाजको नेतृत्वमा अभिषेक खतिवडा
January 30, 2026
झापाका पोर्तेल र मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित
January 25, 2026