झापा ५ बाट ओली एकल सिफारिस , अरु क्षेत्रबाट को को भए ?

झापा, पुष १९ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।

आज सम्पन्न पार्टीको क्षेत्रीय समन्वय कमिटी बैठकले प्रत्यक्षतर्फको उम्मेदवारमा अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो। झापा ५ ओलीको गृहक्षेत्र हो । उनी २०७९ र २०७४को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
दमक ४ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा एमाले क्षेत्र नं ५क्षेत्रीय समन्वय कमिटीको आयोजनामा क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै झापा क्षेत्र नं १ बाट ८ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचनमा उम्मेद्वारको लागि सिफारिस हुनेहरुमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल , रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाई रहेका छन् । मेचीनगर ६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा क्षेत्र न १ का क्षेत्रीय इन्चार्ज कृष्ण कनालको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै झापा २ बाट १३ जनाको नाम सिफारिस गरिएको छ । देवराज घिमिरे,अग्नि खरेल,प्रेम गिरी,छबिलाल बिश्वकर्मा,.अम्बिर लिङ्देन,अमृतलाल राजवंशी ,उमानाथ ओली ,ज्ञानेन्द्रप्रकाश ओली,पर्वत भण्डारी ,रोजिना पाण्डे (महिला ),जसमाया गजमेर (महिला ),एकराज कार्की,पबित्रा पाठक (महिला) सिफारिस भएका हुन् ।

त्यस्तै क्षेत्र नं ३ बाट दिपक कार्कीसहित ५ जनाको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को बैठकले ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा दिपक कार्की ,हरिबहादुर राजवंशी,बसन्त बानिया, सन्तलाल मेचे र देबेन्द्र आचार्यको नाम सिफारिस गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव नरेश चुडालले जानकारी दिए ।

त्यस्तै झापा क्षेत्र नम्बर ४ बाट एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search