गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक

 

झापा । समावेशी श्रीमद् भागवत महापुराण धनधान्यान्चल विराट ज्ञान महायज्ञको आय–व्यय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। कार्यक्रम पुराण आयोजक समितिका अध्यक्ष सोमनाथ सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि डम्बर सिंह सिगु रहेका थिए भने विशिष्ट अतिथिहरूमा अमरबहादुर दाहाल र मेधिनी प्रसाद मैनाली रहेका थिए। त्यस्तै कार्यक्रममा कृष्णप्रसाद सुबेदी, हिमालय राई, इन्दिरा शिवाकोटी, गोरेबहादुर इम्बुङ, मित्रलाल थाम्देन, गोविन्दप्रसाद चापागाईं, बालकृष्ण भट्टराई लगायत पुराण समितिका समुर्ण सदस्य हरुको उपस्थिति रहेको थियो।

कुल १७ लाख ५६ हजार २ सय ५ रुपैया संकलन भएकोमा ७ लाख ६८ हजार ८ सय ८७ रुपैयाको व्यय सार्बजनिक भएको छ । बचत कुल रकम ९ लाख ८७ हजार १ सय १६ रुपैया मन्दिर र निर्माणाधिन सत्संङ भवनको लागि खर्च गरिने मन्दिर समितिले जानकारी दिएको छ ।
कार्यक्रमको सञ्चालन पुराण आयोजक समितिका सह सचिव सोमनाथ सुबेदीले गरेका थिए। सो अवसरमा महायज्ञको सम्पूर्ण आय व्यय विवरण सार्वजनिक गर्नुका साथै सचिवालयलाई सम्मान समेत गरिएको थियो।

सचिवालयको तर्फबाट मित्रलाल थाम्देनले शुभकामना मन्तव्य राख्दै महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, स्वयंसेवक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका प्रमुख अतिथि डम्बर सिंह सिगुले पनि कार्यक्रमको पारदर्शिता र धार्मिक कार्यको सफलताका लागि आयोजक समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमका सभा अध्यक्ष सोमनाथ सुबेदीले किर्तन मण्डलीका अध्यक्षलाई माइन्युट तथा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो ।
महायज्ञको आय व्यय सार्वजनिक गरिनुका साथै पारदर्शिता, विश्वास र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको सहभागीहरूले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search