स्व.आरती राजवंशीको घर निर्माणमा अन्तराष्ट्रिय झापाली समाजको ३० हजार सहयोग

मानवियताको उदाहरण : हल्दिबारी जेसीजद्वारा स्व. आरती राजवंशी स्मृति घर निर्माण अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजको रु. ३०,००० सहयोग ग्रहण

स्वर्गीय आरती राजवंशीको सम्झनामा सञ्चालन भइरहेको “घर निर्माण अभियान” अन्तर्गत आज अन्तर्राष्ट्रिय झापाली समाज ले नगद रु. ३०,००० सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम स्व. आरती राजवंशीको घर निर्माण कार्यमा सहयोग स्वरूप हल्दिबारी जेसीजले ग्रहण गरेको छ।

हल्दिबारी जेसीज ले आफ्नो दोस्रो कार्यकालमै उदाहरणीय तथा मानविय कार्यहरूलाई निरन्तर अगाडि बढाउँदै विभिन्न संघ–संस्था तथा समाजसेवी व्यक्तित्वहरूसँग सहकार्य गर्दै आएको छ। स्व. आरती राजवंशीको सम्झनामा निर्माणाधीन घर अभियानले समाजमा सहयोग र सहकार्यको सुन्दर सन्देश प्रवाह गरिरहेको छ।

यसैबीच अन्तर्राष्ट्रिय झापाली समाज ले झापा जिल्लामा सामाजिक तथा मानविय क्षेत्रमा निरन्तर महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। शिक्षा क्षेत्रमा छात्रवृत्ति प्रदान, खेलकुद विकास, एम्बुलेन्स सेवा, शववाहन व्यवस्थापन लगायत विभिन्न सामाजिक कार्यहरूमा समाजको सक्रिय सहयोग प्रशंसनीय रहँदै आएको छ।

यस मानवीय अभियानमा महत्वपूर्ण सहयोग पुर्‍याउनु हुने अन्तर्राष्ट्रिय झापाली समाज का अध्यक्ष लगायत  सम्पूर्ण पदाधिकारी तथा सहयोगी हातहरू प्रति हल्दिबारी जेसीज को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search