बाढी पीडितका लागि न्यू स्टार इङ्लिस स्कुल हल्दीबारीद्वारा ५१ हजार ५५५ रुपैयाँ सहयोग

झापा । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले झापाको हल्दीबारी–५ स्थित न्यू स्टार इङ्लिस स्कुलले ५१ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विद्यालयले बाढी प्रभावित नागरिकको गाँस, बास र कपासका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार विपत्तिको समयमा प्रत्यक्ष रूपमा उद्धारमा सहभागी हुन नसके पनि आर्थिक सहयोगमार्फत पीडित परिवारलाई साथ दिने उद्देश्यले सहयोग गरिएको हो। ‘थोपा–थोपा मिलेर सागर बन्छ’ भन्ने भावनालाई आत्मसात् गर्दै विद्यालय परिवारले आफ्नो तर्फबाट सक्दो सहयोग गरेको जनाएको छ।

विद्यालयले बाढी तथा प्राकृतिक विपत्तिको यस कठिन घडीमा आफ्नो ज्यानको समेत प्रवाह नगरी उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानको उच्च प्रशंसा गर्दै सम्मान व्यक्त गरेको छ।

साथै, बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकको यथाशीघ्र उद्धारका लागि विद्यालय परिवारले कामना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search