मेचीनगरमा शर्मा र सिटौला पक्षबीच विवाद, देउवाको हस्तक्षेप

झापाको मेचीनगर नगरपालिकामा महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच उम्मेदवारी दर्ताका विषयमा विवाद भएको छ।

नगरपालिकाको मेयरका उम्मेदवारको आधिकारिकताको विषयमा शर्मा र सिटौला पक्षबीच विवाद भएको हो।

नेपाली कांग्रेस प्रदेस समितिमले सिटौलानिकट केशवराज पाण्डेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

तर, महामन्त्री शर्मानिकट इन्द्र बुढाथोकीले आफू आधिकारिक उम्मेदवार रहेको भन्दै मनोनयन दर्ता गराउन खोजेपछि विवाद भएको हो।
सिटौलानिकट उम्मेदवार पाण्डेले बुढाथोकीको मनोनयन फारम खोसेका थिए।

मेचीनगर नगरपालिका महामन्त्री शर्माको गृह नगर हो। दुवै पक्षबीच विवाद मिल्न नसकेपछि केन्द्रबाट सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका छन्।

देउवाले महामन्त्री शर्मा पक्षीय उम्मेदवार बुढाथोकीलाई आधिकारिकता दिँदै पत्र पठाएका छन्। पाण्डे जिल्ला उपसभापति छन् भने बुढाथोकी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search