इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्धार तुलाराम गुरुङ विजयी हुनु भएको छ । निकटतम प्रतिष्पर्दी नेकपा एमालेका उम्मेद्धार उदय राईलाई नौ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले चार हजार दुई सय २३ मत पाउँदै बिजय हुनु भएको छ भने प्रतिष्पार्दी एमालेका उम्मेद्धार राईले तीन हजार दुई सय ५८ मत प्राप्त गर्नुभएको स्थानिय पत्रकार दिनेश सुवेदीले जानकारी दिनुभयो ।
उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकिकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेद्धार तुलसादेवी सेडाईलाई छ सय ५१ मतअन्तरले पछि पार्दै लुङ्गेली निर्वाचित हुनु भएको हो ।
यस गाउँपालिकामा वडा नम्वर एकमा एमालेको प्यानल नै विजयी भएो छ । वडा नम्वर दुईमा बठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । वडा नम्वर तीनमा पनि गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ ।वडा नम्वर चारमा अध्यक्षमा गठबन्धनका उम्मेद्धार विजयी हुनु भएको छ । पाँच नम्वर वडामा एमालेको प्यानल नै विजयी भएको बताइएको छ । पाँचवटा वडा रहेको यस स्थानिय तह मत गणना गरिसक्ने दोस्रो हो । यस अघि माङ्सेबुङ गाउँपालिकामा मतगणना सम्पन्न भइसकेको छ ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026