युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ ।युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताउनु भएको थियो । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीहरूले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकहरूको उद्धार कार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताउनु भएको छ । उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रुसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् । रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको उक्त बन्दरगाह शहरमाथि रुसी फौजहरूले अतिक्रमणको शुरूदेखि नै बमबारी गर्दै आएका थिए ।
युक्रेनी सैनिकहरूको उद्धार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026