दोस्रो टी २० खेलमा नेपाल एक विकेटले पराजित

युगान्डाविरुद्धको   दोस्रो टी २० खेलमा नेपाल एक विकेटले पराजित भएको छ । लगातार दोस्रो खेलमा पराजित भएको नेपाल सिरिजमा दुई शुन्यले पछि परेको छ ।

 

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय एक रन बनायो । राम्रो सुरुवात गर्न नसकेको नेपालले १४ रन हुँदा पहिलो विकेट गमायो । ओपनर इन्दु बर्मा मात्र पाँच रनमा आउट भइन ।

त्यसपछि अप्सरी बेगमपनि तीन रनमा आउट भएपछि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो । नेपालले  ५२ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । ओपनर बिन्दु रावल ब्यक्तिगत २६ रनमा आउट भइन । त्यसपछि  सिता रानामगर ब्यक्तिगत ६ रनमा पेभेलियन फर्किदा नेपालले ६८ रनमा चौथो विकेट गुमायो ।

नेपालका मध्यक्रमका खेलाडीबिच राम्रो साझेदारी हुन नसक्दा बिचमा पारी सुस्त भएको थियो । नेपालको स्कोर ७७ रन हुँदा ६ विकेट गुमाएको थियो । सरिता मगरले २२ रन बनाउँदा कबिता जोशीले खाता खोल्न सकिनन् ।

नेपालका लागि रुबिना क्षेत्रीले १७ रन बनाउँदा डोली भट्टले अविजित नौं रन बनाइन । बलिङमा जनेटले दुई विकेट लिइन भने कोन्सी, रिता मुासमाली र इभिलेनले एक एक विकेट लिइन ।

जवाफमा युगान्डाले १९ ओभर पाँच बलमा नौं विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गर्न नसकेको युगान्डाले मात्र चार रन हुँदा पहिलो विकेट गुमायो । उसकी ओपनर केभिड विनो मात्र चार रनमा आउट भइन ।

त्यसपछि जनेट ब्यक्तिगत १६ रनमा पेभेलियन फर्किदा युगान्डाले २३ रनमा दोस्रो विकेट गुमायो । उसको स्कोर ५३ रन हुँदा तेस्रो विकेट गएको थियो । लियोना ब्यक्तिगत नौं रनमा आउट भइन ।

 

युगान्डाले ८१ रन बनाउँदा पाँच विकेट झरेको थियो । जसमा रिता मुसामाली २० रनमा आउट भइन भने रिता नेइनजेन्डो दुई रनमा रुबिना क्षेत्रीले पेभेलियन फर्काइन ।

त्यसपछि सबनम राईले लगातार दुई बलमा दुई विकेट लिँदै टिमलाई खेलमा फर्काएकी थिइन । उनले फियोना कुलुमेलाई पाँच रनमा आउट गरिन भने इभिलेनलाई खाता खोल्न नपाउँदै बोल्ड गरिन ।

युगान्डाका लागि फ्रांकलिन नाजुम्बाले १९ रन बनाइन । बलिङमा सबनम राईले दुई तथा कविता कुँवरले पनि दुई विकेट लिइन । यस्तै सिता रानामगर र रुबिना क्षेत्रीले एक एक विकेट लिइन ।

अन्तिम ओभरमा रोमाञ्चक बनेको खेलमा खराब फिल्डिङका कारण खेल हार्न पुग्यो । यसअघि पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search