चर्चामा रहेको हल्दिबारी गाउँपालिकामा राप्रपा बहुमत सहित बिजयी

स्थानीय निर्वाचन २०७९ को देशभरकै परिणाम आउने क्रम जारी छ त्यसै क्रममा देशभरकै स्थानीय तह मध्ये चर्चामा रहेको हल्दिबारी गाउँपालिकामा राप्रपा बहुमत सहित बिजयी भएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ ।

गाउँपालिकाको अध्यक्ष रवीन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी बिकासप्रेमी नेता भनेर चिनिने नेकपा एमालेका डम्बर बहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका तुलसी प्रसाद ओली को नाम निकै चुलिएको थियो तर उनले २७५८ मात्र ल्याउन सफल भए। घात र अन्तर्घातले ओली को कम मत आएको कांग्रेसका नेता कार्यकर्ता बताउँछन। त्यसै गरि माओवादी केन्द्रका भवानी प्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा रा प्र पा कि लक्ष्मी देवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिका देवी राउतले १४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।

वडा तर्फ हल्दिबारी- १ मा राप्रपाका प्यानलसहित देवी बहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी- ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्त कुमार थापा निर्वाचित भएका छन् । हल्दिबारी- २ मा माओवादीका शुकलाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

हल्दिबारी- ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णु प्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी- ५ मा कांग्रेसका खड्ग बहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा यस गाउँपालिकामा नेकपा एमाले ले उपाध्यक्ष सहित बहुमत सदस्य जितेको थियो। नेपाली कांग्रेस का पुर्व महामन्त्री तथा नेपाल सरकार का पुर्व उपप्रधान तथा गृहमन्त्री कृश्न सिटौला र रा प्र पा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन को निर्वाचन क्षेत्रमा पर्ने यस गाउँपालिका सुरुदेखिनै चर्चा मा थियो। पछिल्लो समय पुर्ब प्रधानमन्त्री खड्ग प्रसाद ओली नै आएर आमसभा गराएपछी देशभर यहाँ को निर्वाचन को चर्चा झन चुलिएको स्थानीय बताउँछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search