सुभास नेम्बाङले मतदान गरेको नगरमा काँग्रेस विजयी

276 views

इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेका छन्। निर्वाचन आयोगका अनुसार मेयर उम्मेदवार केदार थापा १३१६५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका धीरेनकुमार चेम्जोङले १०५८७ ल्याएका छन्।

उपमेयरमा पनि कांग्रेसकी विष्णु कुमारी लिम्बुले १३५४२ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी एमाले उम्मेदवार सितादेवी रिजालले भने १००८८ मत पाएकी छन्। यसअघिको निर्वाचनमा इलाम नगरको मेयर उपमेयर एमालेले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search