झापा । हल्दिबारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रवीन्द्र लिङदेन र उपाध्यक्ष लक्ष्मी देवी मैनालीसहित जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले दुई वटा महत्त्वपूर्ण निर्णय गरेका छन् । उनले गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएका नागरिकहरूलाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले घरभेट मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने र मनसुन सुरु हुन लागेकोले गाउँपालिकाभित्रका सडकहरू तत्काल मर्मत सम्भार गर्ने निर्णय गरेका छन् । गाउँपालिकामा नवनिर्वाचित २७ जना जनप्रतिनिधिहरूले शपथ खाँदै आआफ्नो जिम्मेवारी सम्हालेका छन् । गाउँपालिकामा राप्रपाको एकल बहुमत रहेको छ
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026