नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिवारी भएको रू १२,०३,६२९आर्थिक हिनामिना सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिवारी र नाम जोडिएका राप्रपावाट निर्वाचित हल्दिवारीका जनप्रतिनिधिहरुले आज छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकालेर आर्थिक अनियमिततामा आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन।
राप्रपा हल्दिवारीका अध्यक्ष एकराज रानामगरले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापामा लिखित निवेदन दिई कारवाहीको लागि माग गर्दा पनि किन कारवाही भएन भनि प्रतिप्रश्न गरेका छन् भने झुटा आरोप लगाई पार्टीको बदनाम नगर्न पनि प्रेस विज्ञप्ति मार्फत माग गरेका छन्।
रेडक्रस जस्तो पवित्र संस्थामा बसेर काम गर्दै गर्दा आफूहरुले कुनै अनियमितता नगरेको र गर्न सहयोग पनि नगरेको भन्दै नि: वर्तमान उपाध्यक्ष एवं हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी मैनालीले दोशीउपर कानुनी कारवाही गर्न सहयोग गरिरहेको र आफू दोशी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा झुठो प्रचार नगर्न आग्रह गरेकी छन्। यस्तै कोषाध्यक्ष सुरेन्द्र बाराकोटीले विश्वास गरेर चेक दिएको भएपनि आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै आफू सधै हल्दिवारीमै भएको र दोशीले कुनै हालतमा छुटकारा पाउन नहुने बताएका छन्।