विभिन्न पार्टी परित्याग गरी राप्रपामा २०० जना प्रवेश

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मा आज करिब २०० जनाले अन्य पार्टी परित्याग गरी प्रवेश गरेका छन्। झापाको राजगढ सामुदायिक भवनमा भएकाे पार्टी प्रवेश तथा विभिन्न जनबर्गिय संगठनहरु पुनर्गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि भरत राजवंशी, कटिया राजवंशी, मनिश पौडेल , चन्द्रबहादुर काफ्ले लगायत २०० जना राप्रपामा प्रबेश गरेका छन् उनीहरूलाई राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यता वितरण गरेका थिए।

यसैगरी सोही कार्यक्रममा विभिन्न जनबर्गीय संगठन पुनर्गठन गरिएको थियो जस अन्तर्गत राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बार्हदशी काे अध्यक्ष मा अरुणिमा राजवंशीको अध्यक्षतामा ५१ सदसिय समिति निर्माण गरिएको छ भने नारायण प्रसाईं काे अध्यक्षतामा युवक संगठन बनेको छ जसमा ४९ सदस्य रहेका छन्। त्यस्तै सनमान कार्कीको अध्यक्षतामा किसान संगठन ४९ सदसिय बनेको छ भने हरि आेलि काे अध्यक्षतामा १७ सदस्य रहेको भुतपुर्ब सैनिक संगठन चयन गरेकाे छ ।

कार्यक्रममा केन्द्रीय सदस्य अन्जार आलम, रामकुमार सिंह राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी कार्यवाहक अध्यक्ष शारदा रिजाल, जिल्ला अध्यक्ष केशव ओझा, झापा क्षेत्र नं ३ ख प्रदेश अध्यक्ष एवंम हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेन लगायत वक्ता रहेका थिए।
चुनावी माहोल बढ्दै जाँदा अध्यक्ष लिङदेन गृह जिल्ला झापामा छन्। राप्रपा झापाले अवका केही दिन पार्टी प्रशिक्षण, आमसभा, पार्टी प्रवेश लगायतका कार्यक्रम तय गरेको छ। आगामी प्रतिनिधि सभा चुनावमा झापा क्षेत्र नं ३ बाट लिङदेन ले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...