झापा । हल्दिवारी १ गोल्धाप बजारमा आजबाट खसी बाख्रा बजार सुरु भएको छ। अव प्रत्येक हप्ताको शुक्रबार बजार लाग्ने,गोल्धाप बजार व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र काम्बांले जानकारी दिएका छन्। सुस्ताउँदै गएको आर्थिक कारोबार वृद्धि गर्न यो हाटले टेवा पुग्ने विश्वास व्यापारीले गरेका छन्।
बजारको सुरूवात मा हल्दिवारी गाउँपालिका वडा नं १ का जनप्रतिनिधि हरु वडाध्यक्ष देवी थापा, सदस्यहरू प्रकास कार्की,शान्ता शिवाकोटी,रूपा रसाईली, कुलबहादुर राई साथै व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र काम्बाङ सहित स्थानीय व्यवसायी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
हाटबजारको पहिलो दिन, पहिलो खरिद बिक्री गर्ने नरहरि पाठक लाई पुरस्कृत गरिएको थियो भने एकैपटक ठूलो रकम रू ४९००० को किनबेच गर्ने बार्हदशी ५ का लोकबहादुर थापा र पिन्टु राजवंशीलाई पनि नगदले प्रोत्साहन गरिएको थियो।
बजारको पहिलो दिन आज करिब ५ लाखको हाराहारीमा कारोबार भएको छ। चाडपर्व नजिकिँदै जाँदा सुरु भएको बजारले किसानलाई राहत मिल्ने अपेक्षा गरिएको वडाध्यक्ष थापाको भनाई रहेको छ।
“टालटुले सुधारले देश जोगिँदैन, व्यवस्था नै बदल्नुपर्छ” — लिङ्देन
December 27, 2025
रक्तदान र झण्डोत्तोलनसहित पत्रकार महासंघ झापाको स्थापना दिवस
December 24, 2025
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने
December 24, 2025
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउने दिशामा हल्दीबारीको पहल
December 23, 2025