झापा। जलथल फुटबल क्लबले आज एक कार्यक्रमका बीच कल्वका कोच हल्दिवारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर र मेनेजर हल्दिवारी वडा नं ५ का वडाध्यक्ष खड्ग लावतीलाई बिदाई गरेको छ।
गत स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएपछि उनीहरुलाई ससम्मान बिदाई गरिएको हो।
प्रथम हल्दिवारी गाउँपालिका वडास्तरीय २०७९ को आय व्यय सार्वजनिक गर्न गरिएको कार्यक्रमका सभापति जलथल फुटबल क्लबका अध्यक्ष जय बहादुर राई, प्रमुख अतिथि हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेन, विशिष्ट अतिथि उपप्रमुख लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरु, खडग लावती, सन्तकुमार थापा,देवी थापा अतिथिहरु वडा सदस्यहरू ,जिवन कन्दंवा,शिवमाया मगर,सुस्मा महरा बिजय फागो, समाजसेवी मदन प्रसाई,मदन तामाङ,कर्ण लिम्बु, निशा भट्टराई,सुमन मगर, उदेश मोक्तान,याम दंगाल लगायत रहेका थिए भने
रू १,३९,१०५ को आय तथा २,१०,९५० को व्यय प्रस्तुत गरिएको थियो। स्थानीय समाजसेवी र फूटबलप्रेमीहरूको सहयोगमा खेल संचालन भएको जलथल फुटबल क्लबका अध्यक्ष जय राईले जानकारी गराएका थिए।
सोही कार्यक्रममा गत स्थानीय निकायको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पत्र तथा मायाको चिनो वितरण गरिएको थियो।
आजदेखि जलथल फुटबल क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ जसलाई हाल अमेरिकाको क्लोम्वसमा बसोबास गर्ने समाजसेवी दिल लोहार ले सौजन्य गरेका थिए।उनले जलथलका १०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ,२२ थान जर्सी,२ वटा फुटबल पनि उपलब्ध गराएका थिए भने यहाँ त्यसको सहजीकरण मदन प्रसाईले गरेका थिए।कार्यक्रममा वडास्तरीय फुटबलमा सहयोग गर्ने टेकबहादुर केरुङ ,सुमन भट्टराई,जिवन केरूङ लगायत राष्ट्रिय खेलाडी कर्ण लिम्बुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बिदाई भएर जाने थापाले कल्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगेर हल्दिवारीको नाम सुवास चलाएको भन्दै कल्बवाट बिदा भए पनि आफ्नो साथ सहयोग सधै रहने धारणा राखेका थिए भने लावतीले पनि आफू हमेशा कल्बको साथमा रहेको र अहिले सम्म को साथको लागि सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।त्यसैगरी कार्यक्रमका अध्यक्ष जयबहादुर राईले स्थानीय सरकारबाट खूलकुद क्षेत्रको लागि सहयोग नगरेको भनेर पोखेको गुनासोमा कार्यक्रमका प्रमुख अतिथि हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेनले पर्याप्त सहयोग गर्न नसकेको भए पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि गाउँपालिका को साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको संचालन नगेन्द्र फागोले गरेका थिए।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026