हातमा कालोपट्टी बाधेर कार्य संचालन गर्दै हल्दिवारीका कर्मचारी

देशभरका कार्यालय सहयोगीदेखि अधिकृतस्तरका झन्डै १ लाखभन्दा बढी कर्मचारीले आज हातमा कालोपट्टी बाधेर आन्दोलन गरेका छन्।
यस्तै कर्मचारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हल्दिवारी गाउँपालिकाका कर्मचारीहरूले पनि हातमा कालोपट्टी बाँधेका छन्।सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हक अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।

Advertisement

उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने बताएका छन् ।

यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् ।
कर्मचारीको बिरोधले नियमित कार्यसंचालनमा कुनै असर नपुग्ने हल्दिवारी गाउँपालिका लेखा शाखाका कर्मचारी हेमराज वनले बताएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search