स्वास्थ्य शाखा हल्दिवारीको समिक्षा कार्यक्रम सम्पन्न,गोल्धाप स्वास्थ्य चौकी सर्वोत्कृष्ट

झापा। हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा ले आ. व .२०७८/७९ मा संचालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।गाउँँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन को अध्यक्षता मा भएको कार्यक्रममा उपाध्यक्ष श्री लक्ष्मी देवी मैनाली,प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ ,वडा अध्यक्ष हरु ,कार्यपालिका सद्स्य हरु,सद्स्य हरु,स्वास्थ्य कार्यलय झापाका तथ्यांक अधिकृत चुडामणि लुइँटेल, स्टोर शाखा बिसाल घिमिरे , शाखा प्रमुख हरु ,सवै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरु विभिन्न सहयोगी संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति‌ रहेको थियो।


सबै ५ वटा वडाका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सुचकहरु प्रस्तुति गरी,आवश्यक छ्लफल र आगामी कार्ययोजना र आधारभूत गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुरयाउने प्राथमिकता प्राप्त सबै कार्यक्रम र थप आवश्यक कार्यक्रमहरु : प्रसुती प्रोत्साहन कार्यक्रम ,घरभेट् स्वास्थ्य सेवा,स्वास्थ्य बिमा कार्यन्वयन लगायतका नविनतम कार्यक्रमहरु कार्यन्वयन गर्ने आगामी कार्यक्रमहरु तयारी गरिएको छ ।
उक्त अवसरमा आ.व.२०७८/७९ मा स्वास्थ्य कार्यक्रमहरुको मुख्य सूचक, स्वास्थ्य संस्थाको न्युनतम सेवामापदण्ड व्यवस्थापन र प्रस्तुतीकरणकाे आधारमा हल्दिबारी वाड न १ मा रहेको गोलधाप स्वास्थ्य चौकी प्रथम हुन सफल भएको छ ।प्रथम भएको गोलधाप स्वास्थ्य चौकीलाई प्रमाणपत्र र मायाको चिनो सहित्त सम्मान गरिएको थियो। त्यसैगरी हल्दिवारी गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल अधिकृत डा.बिकास ढकालको सेवाको उच्चसम्मान गर्दै सम्मान पत्र सहित सम्मान गरिएको थियो भने स्वास्थ्य चौकी जलथल स्वास्थ्य चौकिमा जन स्वास्थ्य निरीक्षक प्रकाश् खतिवडाले स्वास्थ्य ब्यबस्थापन सूचना प्रणाीलाई ब्यबस्थित रुपमा कार्यन्वन गर्न पुर्याएको योगदानको उच्च कदर गर्दै प्रशंसापत्र सहित मायाको चिनो प्रदान गरिएको थियो। सुवास श्रेष्ठ, चुडामणि लुईटेल लगायतले शुभकामना मन्तव्य राखेकाे कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search