मिर्गौलामा पत्थरी देखिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। शनिबार उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्।
महामन्त्री शर्माको आइतबार बिहान ११ बजे शल्यक्रिया हुने उनको परिवारिक स्रोतले जनाएको छ। चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।