झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ ले वडास्तरीय बालकल्ब गठन गरेको छ। महेन्द्र माध्यमिक विद्यालय हल्दिवारी ४ का शिक्षक लोकप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा प्रमुख अतिथि रहेका थिए। अतिथिहरूमा दिपेन्द्र प्रा वि का शिक्षक अर्जुन भट्टराई, कृष्णसार इङलिस स्कुल का योगेश कार्की, सामाजिक अभियन्ता मिलन विश्वकर्मा लगायत रहेका थिए।
हल्दिबारी गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने उद्देश्यका साथ सबै वडाहरूमा बालकल्ब गठन गरिरहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक भट्टराईले बालबालिकाको पढाई को अतिरिक्त क्रियाकलाप बढाउन गठन गरिएको समितिलाई शुभकामना दिएका थिए भने योगेश कार्कीले विधार्थीहरुमा सामूहिक रूपमा काम गर्ने वानीको विकास साथै सामाजिक कार्यमा सक्रिय रहँदै नेतृत्व लिन विद्यार्थीहरुलाई आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले आफ्नो वडाका बालबालिका को उत्साहपूर्ण सहभागिताले खुसी लागेको भन्दै बालबालिकाका लागि वडा ले बजेट विनियोजन गरेको र चाडै कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका थिए। मिलन विश्वकर्मा ले सहजीकरण गरेको कार्यक्रमको संचालन उज्यालो बालकल्ब का अध्यक्ष अनुप शशांखरले गरेका थिए।
बालकल्बका पदाधिकारीहरु को नामावली
अध्यक्ष: प्रतिक्षा तोलाङ्गी, उपाध्यक्ष: खुसी शाह, दीक्षा आचार्य, सचिव: सलिना भट्टराई, सहसचिव: असिम आचार्य, कोषाध्यक्ष: चन्द्रकला बास्कोटा
सदस्यहरू: अन्जना चौहान,दीपा राजवंशी,मनिस पोख्रेल,स्नेहा वि.क, रन्जना भण्डारी, सुरेन्द्र प्रधान, अशोक शिवाकोटी, कमला राजवंशी,सिसम मैनाली,सुदिन घिमिरे,प्रजिल न्यौपाने,बिजय मेचे, अंकिता मेचे,मन्जिता सिलवाल,रोशन मेचे ।