झापा । स्वास्थ्य कार्यालय झापाले गरेको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा हल्दिबारी गाउँपालिका प्रथम भएको छ ।अा.व.२०७८/७९ मा सम्पादित क्रियाकलापहरुको मुख्य सुचाङकहरुको आधार,प्रस्तुतीकरण तथा ब्यबस्थापकिय पक्षहरुको आधारमा जिल्ला स्तरिय स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गर्ने क्रममा झापा जिल्ला अन्तर्गतका पालिकाहरुमा हल्दिबारी गाउँपालीका प्रथम स्थान हासिल गर्न सफल भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

जनताको मौलिक हकको रुपमा रहेको आधारभुत स्वास्थ्य सेवालाई समुदाय र जनताको पहुँचमा पुर्याउन हल्दिबारी गाउँपालिकाले लिएका नीति र त्यस्को कार्यन्व्यन गर्न हल्दिबारी गाउँपालिकाका निवर्तमान र हालका सम्पुर्ण जनप्रतिनिधि हरू ब्यबस्थापन समितिका पदाधिकारी , कार्यलयका शाखा प्रमुख तथा कर्मचारी साथै यो अवस्थालाई प्राप्त गर्न अत्यन्तै महत्वपूर्ण योगदान पुर्याने सबै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरु साथै सुझाव ,समन्वय प्राबिधिक आर्थिक सहयोग गर्ने स्वास्थ्य कार्यालय झापा प्रदेश कार्यालय,संघिय कार्यालय,सहयोगी संस्थाहरु सवैमा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला ले आभार व्यक्त गरेका छन्। स्थानीय तहको अधिकारको रुपमा गुणस्तरीय स्वास्थ्य सेवालाई उपलब्ध सिमित साधन श्रोतलाई अधिकतम रुपमा प्रयोग गर्दै सबैको पहुँचमा पुरयाउन अझै धेरै कार्य गर्न बाँकी रहेको र निरन्तर उच्चतम स्तरमा पुग्ने गरी कार्यसम्पादन गर्ने स्वास्थ्य शाखा ले जनाएको छ ।








