झापा। भद्रपुर नगरपालिका बजार क्षेत्रमा कुष्ठ रोगीहरुको संख्या दिनदिनै बढ्दै गइरहेको र यो एक सरुवा रोग भएको हुनाले समयमै
यसको पहिचान र पत्ता लगाएर उपचार गर्नु बाहेक अरु विकल्प नभएको कुरालाई मध्यनजर गर्दै भद्रपुर नगरपालिकाको आयोजनामा फेयरमेड फाउण्डेसन नेपाल र साहारा नेपालको सहयोगमा भद्रपुर नगरपालिका वडा नं ५ मा एकदिने छाला शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
ल्याव परिक्षण पछि सुनिश्चित भएमा उनीहरूको सम्पर्कमा रहेको ब्याक्तिहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परिक्षण गरीने कुरा साहारा नेपालका कार्यक्रम संयोजक पवन राईले जानकारी गराएका छन्। यस कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुले सुचना प्रभाव गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए भने स्वास्थ्य कार्यालय झापाबाट
कुष्ठरोग फोकल पर्सन विरेन्द्र दासले उक्त कार्यक्रमको सुपरिवेक्षण तथा अनुगमन गरेका थिए ।

दमक अस्पतालका छाला विशेषज्ञ डा. गुरु पौडेल र झापा गाउपालिकाको डा. धर्मेन्द्र मण्डलले विरामीहरुको परिक्षण
गरेका थिए ।