झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी , गाउँकार्य समिति बार्हदशी झापाले बृहत चुनावी आमसभा सम्पन्न गरेको छ।
प्रतिनिधि तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा पहिलो आमसभा बार्हदशीको भागुडुव्वा बजारमा हजारौँ कार्यकता को उपस्थितिमा भएको थियो।
“राजेन्द्र लिङदेन एक्लै थियो के गर्यो र भनेर केही मान्छेहरु हिड्छन् रे भन्दै” लिङदेनले आफूले कामले जवाफ दिएको बताएका थिए। चुनाव घोषणा पछि पनि सांसदको आयु लम्ब्याउने कुरामा विमति राख्दै सांसद पद छोडेको र आफ्नो त्यहीँ कदमले राज्यकोषको २ अर्व बचेको भन्दै उनले ” संसदमा हुँदा अन्य ठूला दललाई नैतिकताको पाठ सिकाएको र आफ्नो निर्वाचन क्षेत्रमा विकास गर्नुपर्छ “भनेर देखाएको जिकिर गरे।
सम्वोधन गर्दै उनले भने”आफ्ना देवीदेवता सामु उभिएर भन्छु यदि यहाँहरुको साथ फेरि मिल्यो भने भष्ट्राचारबिरूद्द अझै सशक्त भएर लाग्ने र देशको परिवर्तन सम्भव पारेर देखाउने छु । देशको व्यवस्था होइन जनताको अवस्था परिवर्तन हुनुपर्छ, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकतामा सर्वसाधारण को पहुच पुग्नुपर्छ र पुर्याउने प्रयास गर्नेछु।”
कार्यक्रमलाई राप्रपाका केन्द्रीय सदस्य अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, केन्द्रीय प्रशिक्षण विभाग सदस्य खुश्बु अोली,केन्द्रीय सदस्य अन्जार आलम, रामकुमार सिंह राजवंशी, पूर्व मन्त्री टेकनारायण राजवंशी, जिल्ला अध्यक्ष केशव प्रसाद ओझा कचनकवल गाउँपालिका कि निवर्तमान उपाध्यक्ष निमसरी राजवंशी लगायतले सम्बोधन गरेका थिए।राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई , कमला राजवंशी लगायत राप्रपाका केन्द्र देखि जिल्ला, क्षेत्र, गाउँ सम्मका नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन पि वि कटवाल ले गरेका थिए।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २५० जना राप्रपा प्रवेश गरेका थिए उनीहरूलाई केन्द्रीय अध्यक्ष लिङदेनले सदस्यता वितरण गरि पार्टीमा भित्र्याएका थिए।