झापा। राप्रपा झापाको आयोजनामा बिजयादशमी , दिपावली ,छठ नेपाल सम्बत लगायतका पर्व हरुको अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम र जिल्लाको बिस्तारीत भेला आज झिल्झिलेमा सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष केशव प्रसाद ओझा को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि रहेका थिए। केन्द्रीय सदस्य अमर विष्ट, झापा जिल्ला महिला अध्यक्ष शारदा रिजाल, केन्द्रीय सदस्य डा राजेश गिरी ,प्रशिक्षण बिभाग सदस्य खुस्बु ओली लगायत ले सम्बोधन गरेको कार्यक्रममा पार्टीका केन्द्रिय प्रबक्ता भक्ती सिटौला, केन्दृय सदस्य राजकुमार पोख्रेल , सतासीधाम गोलोक गौशालाका प्रमुख पण्डित नन्दकिशोर भारद्वाज लगायत को आतिथ्यता रहेको थियो। जिल्ला उपाध्यक्ष धुर्ब उप्रेती ले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सतासीधाम का बटुकहरूले स्वस्ती वाचन गरेका थिए भने कार्यक्रमको संचालन जिल्ला सचिव भवानी राजवंशीले गरेका थिए।
चियापान संगै कार्यक्रममा विभिन्न प्रस्तावहरू पास गरिएको थियो।आगामी मङ्सिर ४ को निर्वाचनको तयारी सबै बुथ समिती गठन् गर्ने र प्रशिक्षण तिहार अगाडि सम्पन्न गर्ने,
आस्विन २३ गते संघ तथा प्रदेश को उम्मेद्बारी दर्ताको
व्यवस्थापन सवै क्षेत्रीय समिती ले चाड हरुकै विचमा गर्ने, पार्टी लाई अग्रणी शक्तीको रुपमा स्थापित गर्न पार्टीले केन्द्रबाट अक्तियार गर्ने सबै रणनीति र निर्णय लाई राप्रपा झापाका सबै तहले अक्षरस पालना गर्दै अगाडि बढ्ने जिल्ला अध्यक्ष ओझाले जानकारी गराएका थिए।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देनले उच्च मनोबलका साथ निर्वाचनको तयारीमा लाग्न निर्देशन सहित शुभकामना दिएका थिए।
यसैगरी सोही कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राई सहित सबै पदाधिकारीहरुलाई जिल्ला अध्यक्ष ओझाले सफत खुवाएका थिए।