एजेपी विश्व जिउ–जित्सु प्रतियोगितामा हल्दीबारीकी रिदिमा लिम्बूलाई स्वर्ण

झापा।झापाको हल्दीबारी गाउँपालिका–५ निवासी रिदिमा लिम्बूले एजेपी (Abu Dhabi Jiu-Jitsu Pro) अन्तर्राष्ट्रिय जिउ–जित्सु प्रतियोगितामा स्वर्ण पदक जित्दै नेपाल र आफ्नो गाउँपालिकाको गौरव बढाएकी छन्।

Advertisement

 

विश्वकै प्रतिष्ठित जिउ–जित्सु प्रतियोगिता आयोजना गर्ने संस्था एजेपीद्वारा आयोजित प्रतियोगितामा रिदिमाले Kids 3, 36 केजी, Gray Belt विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारिन्। उमेर, तौल र बेल्टका आधारमा विश्वका विभिन्न देशका उत्कृष्ट खेलाडीहरूबीच हुने यस प्रतियोगितामा पदक जित्नु अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण उपलब्धि मानिन्छ।

रिदिमाले फाइनलसम्मको यात्रामा युनाइटेड किङ्डम (यूके) र संयुक्त अरब इमिरेट्स (यूएई) का बलिया प्रतिस्पर्धीहरूलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भइन्। विभिन्न देशका प्रतिभाशाली खेलाडीहरूबीच उत्कृष्ट खेलकौशल, अनुशासन र निरन्तर मेहनतका साथ स्वर्ण पदक जित्नु उनको उल्लेखनीय सफलता हो।

रिदिमाको यो उपलब्धिले नेपाली जिउ–जित्सु खेलको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्‍याएको छ। साथै, हल्दीबारी गाउँपालिका तथा झापावासीका लागि समेत यो गर्वको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search