कृष्णसागर अंग्रेजी विद्यालयद्वारा भोटेकोसी बाढीपीडितका लागि रु. ५५ हजार ५५५ सहयोग

झापा ।हल्दीबारी गाउँपालिका–४ मा रहेको कृष्णसागर अंग्रेजी विद्यालयले भोटेकोसी बाढीपीडितका लागि रु. ५५ हजार ५५५ सहयोग गरेको छ।

बाढीका कारण प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम संकलन गरी सहयोग गरेको हो। विपद्को समयमा पीडित परिवारलाई साथ दिन विद्यालयले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

विद्यालयले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विपद्मा परेकाहरूलाई सहयोग गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्नसमेत आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search