राजेन्द्र लिङदेन सहित तालमेलका उम्मेदवार जनताको घरदैलोमा

झापा। आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मनोनयन दर्ता पश्चात झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र लिङदेनले चुनावी गतिविधि बढाएका छन्।
गृह जिल्ला झापामा रहेका लिङदेन आफ्ना मतदाताहरु भेटघाट गर्न दिनहुँ व्यस्त वनेका छन् भने मतदाता हरू विकासप्रेमी युवा नेता लिङदेनलाई जिताउन सक्रिय बनेका छन्।
यसैक्रममा लिङदेन को भष्ट्राचार विरोधी अभियान र विकासको लागि गरेको योगदानले प्रभाव पारेको भन्दै विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेको लर्को लागेको छ।
झापामा राप्रपा र नेकपा एमाले विच चुनावी तालमेल भएको छ। लिङदेन र प्रदेश सभा क र ख का उम्मेदवार वसन्त बानियाँ र छवि चुडाल संयुक्त रुपमा मतदाताकामा पुग्ने गरेका छन्।

Advertisement
Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search