आयोजकलाई २-० ले हराउदै,जलथल एफ सी ले जित्यो उपाधि

झापा । स्थानीय जोरमाई युवा क्लबको आयोजनामा झापा गाउँपालिकामा संचालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जलथलले जितेको छ ।

आइतवार भएको फाईनल खेलमा आयोजकलाई २–० गोलले हराउँदै जलथल एफसीले उपाधि जितेको हो।

पहिलो हाफमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको २० औं मिनेटमा जलथल एफसीका खेलाडी जर्सी नं. १० का शक्ति राईले पहिलो गोल गरे भने जलथलकै फरवार्ड खेलाडी जर्सी नं.९ का हिरन राजवशीले दोस्रो हाफको ३६ औं मिनेटमा थप १ गोल गरी विजय सुनिश्चित गरेका हुन् । विजेता टिम जलथलले ६० हजार १११ नगद र उपविजेता आयोजकले ३५ हजार १११ नगद पाएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच जोरमाई युवा क्लवका खेलाडी आशिष राई घोषित भए । त्यसैगरी हाईस्कोरर जलथलका हिरन राजवंशी , बेस्ट फिल्डर जोरमाईका दिनेश सुनुवार , बेस्ट स्ट्राईकर जोरमाईका विनोद राई , म्यान अफ द टुर्नामेन्ट जोरमाईका मनोज राई घोषित भए । जोरमाई युवा क्लवको खेलमैदानमा कात्तिक ६ गतेदेखि संचालन भएको प्रतियोगितामा आयोजकसहित जिल्ला ८ टीमले भाग लिएका थिए ।

केवल लिम्बूको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह , विशिष्ट अतिथि उपाध्यक्ष अन्जुदेवी थपलिया , निवर्तमान सांसद एलपी साँवा , नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेवे , भक्ति सिटौला , एकराज उप्रेती , लखी गणेशलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search