झापा । जलथल जंगल क्षेत्रभित्र पर्ने चारवटा स्थानिय तह भद्रपुर नगरपालिका , हल्दिबारी, कचनकवल र बाह्रदशी गााउपालीका का वनक्षेत्र तथा गाँउघर वरिपरि फैलिरहेको उल्टाँ काडाँ ( मिचाहा प्रजाती ) हटाउने र जनचेतना फैलाउने अभियान कार्तिक २० गतेवाट चलिरहेको छ । फरेष्टएक्सन नेपालको अगुवाईमा जनप्रतिनिधि , प्रहरी प्रशासन, संचारकर्मी, टोलविकास संस्था ,विधार्थीहरु, सामुदायिक वन उपभोतmा समूह लगायतका प्रतिनिधिहरुको सहभागितामा यो अभियान कार्तिक २५ गतेसम्म चल्ने र त्यसपछि पनि यसलाई निरन्तरता दिने फरेष्टएक्सन नेपालका कार्यक्रम संयोजक डा लिलानाथ शर्माले बताएका छन् ।
यसैक्रममा हल्दिबारी ३ ,४ र ५ मा उल्टा काडाँ फैलिएको भिन्नभिन्न ठाँउमा वडा नं ३ का वडाअध्यक्ष विष्णुप्रसाद ओली , ४ का वडाअध्यक्ष सन्तकुमार थापा, ५ का वडाध्यक्ष खड्क लावती, वडासदस्य सुरेन्द्र बाराकोटी , कर्णबहादुर भण्डारी , बिजय फागो, जिवन कन्दङवा, सुष्मा महरा, ४ नं का वडासचिव जयप्रसाद पोखे्रल, ५ नं का वडासचिव भजन संग्रौला , जलथल प्रहरी चौकी , टोलविकास संस्थाका प्रतिनिधिहरुको सहभागितामा यो झार हटाउने काम गरिएको थियो भने वडाअध्यक्ष थापाले यसको जटिलताको वारेमा बुझेको र नियन्त्रणका लागि वडा कार्यालय र जनप्रतिनिधिहरु सहकार्य गर्न तयार रहेको बताएका थिए ।
यसैगरी भद्रपुर , बाह्रदशीमा पनि जनप्रतिनि सहित स्थानियको संलग्नतामा यो अभियान अघि बढिरहेको फरेष्टएक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराईले जानकारी दिएकी छन् । जंगलभन्दा बाहिर घरगाँउ वरिपरि नै फैलिएको यो घातक काडाँको बारेमा जनचेतना फैलाउने उद्देश्यले सर्वसाधरणको सहभागितामा यो अभियान चलाइएको हो । झट्ट हेर्दा लज्जावती जस्तो देखिने यो घाँसलाई चौपायाले मज्जाले खाने गर्छन तर यो खाएपछि चौपाया मरेका तथ्याङ्क हाम्रै वरिपरि पाउन सकिन्छ । घोप्टो परेको काँडा भएका कारण यसलाई घोप्टे काँडा पनि भनिन्छ ।
के हो त उल्टाँ काडाँ झार ?
उल्टाकाँडा झार एक वहुवर्षीय मिचाहा प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्र( विशेषगरी मध्य र दक्षिण अमेरिका )र क्यारोवियन क्षेत्रको रैथाने वनस्पति हो । उल्टा काँडा झार लगभग २ वर्ष अघि मात्र नेपालमा पहिचान भएको नयाँ मिचाहा प्रजाति हो । यो नेपालको पूर्वी क्षेत्रमा मात्र फैलिएको छ भने पश्चिमी क्षेत्रमा फैलने क्रम जारी छ । नेपालमा कहाँ बाट कसरी फैलियो भन्ने कुराको यकिन तथ्याङ्क नभएको कुरा वनस्पति विज्ञ डा. लीला नाथ शमार्ले बताएका छन् । नेपालमा काँडा हुने र नहुने .गरी दुई प्रजातिको उल्टा काँडा भेटिएको तथ्याङ्क रहेको छ । यसको बोट झ्वाट्ट हेर्दा अरेली काँडाको जस्तो तर पात भने लज्जावतीको जस्तो देखिन्छ । यो लहरा एवम् झाडीको रुपमा तिब्र गतिमा फैलिन्छ । खोलाको किनार ,बगर ,खुल्ला ठाउँ , छत्रघनत्व पातलो भएको जंगल,सडकको छेउछाउ र ग्रावेल भएको बाटोमा बढी मात्रामा देख्न सकिन्छ साथै खेतवरीमा समेत प्रवेश गर्न थालिसकेको स्थिती छ । उल्टा काँडाले खेतीबाली,वन क्षेत्र बाटोघाटो ,खुल्ला मैदान ,चरनक्षेत्र आदिमा नकरात्मक असर पु¥याउन थालिसकेको छ । यो काँडा फैलिएको क्षेत्रमा मानिस तथा जनावरको आवतजावत त परै जाओस् प्रवेश गर्न समेत नसकिने स्थिती छ । यो वनस्पतिमा मिमोसिन भन्ने विषालु रसायन हुने भएकाले पशु चौपायको लागि घातक सिद्घ छ । यो वनस्पतिमा पशु लगेर चराउने तथा घाास काटेर लगि हालिदिनाले झापा र मोरङमा लगभग १००० भन्दा बढी पशु चौपायको मृत्यु भैसकेको छ । यसको काण्डमा घोप्टो परेको काँडा र मसिनो झुस हुन्छ । जुन मानिसको हात,खुट्टा र शरिरमा बिझेमा चिलाउने , पोल्ने, फोका आउने र घाउ समेत हुने गर्दछ ।
त्यसैले यो उल्टा काँडा झार कहिँ कतै देखिएमा तुरुन्त नियन्त्रणको उपाय गरी जस्तै (उखल्ने ,जलाउने ) मास्ने कार्य गर्नु पर्दछ । यसलाई कहिल्यै पनि नाङ्गो हातले छुने चलाउने गर्नु हुँदैन । पशु चौपायलाई खुवाउने वा चराउने गर्नु हुँदैन । सुरुवाती पहिचानको अवस्थामा त यसको प्रभाव यतिको खतरनाक देखिन्छ भने दिर्घकालमा के होला सबैले बेलैमा सोच्नु पर्ने समय आएको छ । त्यसैले यसको नियन्त्रणको लागि प्रहरी , प्रशासन, स्थानीय निकाय ,सामुदायिक वन उपभोक्ता समूह ,जनसमुदाय र सरकार समेतले अझै विशेष ध्यान दिनु जरुरी देखिन्छ ।
One Response
La una Mero ma Pani cha mechinagar 14
Batao ko chaeu ma