झापा। चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन लाई मत माग्न झापा आउने भएकी छन्।
लिङदेनको चुनावी क्षेत्र, झापा क्षेत्र नं ३ को राजगढ बजारमा कार्तिक २९ र भद्रपुर मा ३० गते हुने बृहत चुनावी आमसभा लाई कोइरालाले सम्बोधन गर्ने छिन्।
एमालेसँग चुनावी तालमेल गर्दै लिङदेन प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा रहेका छन्।