राजेन्द्र लिङदेन चुनावी प्रचार प्रसारलाई आक्रामक बनाउदै

झापा क्षेत्र नं ३ को चुनावी माहोल तर्फ सम्पुर्ण देशको नै ध्यान आकर्षित भइरहेको बेला राप्रपाले आफ्नो चुनावी कार्यक्रम आक्रमक रुपले बढाएको छ।

राप्रपाको अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार राजेन्द्र लिङ्देन देश दौडाहा गर्दै पनि आफ्नो क्षेत्रमा धेरै समय ब्यतित गरिरहेका छन।
आज मात्र राजेन्द्र लिङ्देन स्वयंको उपस्थितिमा भद्रपुर, कचनकवल र हल्दिबारीका ५ ठाउँमा चुनावी कोण सभा कार्यक्रम सम्पन्न भएको छ। उल्लेख्य मतदाताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमहरुमा राजेन्द्र लिङ्देनले अन्तिम पटक भोट दिनु भन्दै हिडेका कांग्रेसका उम्मेद्बारको यो क्षेत्र प्रती दायित्व नरहने बताए। बिकास निर्माण लगायत सुरक्षाको हरेक क्षेत्रमा राप्रपाको नेतृत्वमा गरिएकी काम हरुलाइ स्थानिय सोझा जनतालाइ आफुले गरेको भन्दै ठग्दै हिडेको आरोप लगाएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search