झापामा लगभग ६० प्रतिशत मतदान

झापा, मंसिर ४ । झापामा ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार साँझ ५ बजेसम्म ६० प्रतिशतको हाराहारीमा मत खसेको हो । यस पटकको निर्वाचनमा मतदातामा खासै उत्साह देखिएन । अधिकांश मतदान स्थलहरुमा त्यति भीड देखिएन । कति प्रतिशत यकिन मत खस्यो भनेर निकाल्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए । जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २८५ मतदान स्थलमा ७६६ मतदान केन्द्र रहेको थियो । मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको थियो । जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उनले बताए। जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...