एमालेका खरेललाई १४ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विश्वप्रकाश विजयी

दुई निर्वाचनमा पराजय व्यहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेस्रो पटकमा झापा-१ बाट जित निकालेका छन्।

Advertisement

एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै शर्मा पहिलो पटक सांसद निर्वाचित भएका हुन्।

शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत पाए।शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search