सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले निर्वाचित भएका छन्। संचारमन्त्री समेत रहेका कार्की ३० हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिश प्रसाद किसियैतले ३० हजार ३७१ मत ल्याए।
कार्की भोजपुरबाट पटक-पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी-४ बाट चुनाव लडेर निर्वाचित भए। त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।