सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले निर्वाचित भएका छन्। संचारमन्त्री समेत रहेका कार्की ३० हजार ४८३ मत ल्याएर निर्वाचित भएका हुन्।

Advertisement

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिश प्रसाद किसियैतले ३० हजार ३७१ मत ल्याए।

कार्की भोजपुरबाट पटक-पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी-४ बाट चुनाव लडेर निर्वाचित भए। त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search