निश्चल दाहाल। मंसिर ४ नेपाली राजनितिले अचम्म देख्यो, स्थापित दलहरुलाइ अंग्रेजिमा भनेझै रियालिटी चेक मज्जाले गर्यो तर यो चुनावले धेरै नया म्याण्डेट पनि दिएको छ, जुन अबको प्रधानमन्त्रीको भन्ने कदापी हैन। निश्चित रुपमा केपि ओलि, शेर बा. देउवा, प्रचण्ड, गगन थापा आदि मध्ये यो नै प्रधानमन्त्री भनेर जनताले भनेको अवस्था छैन किनकी उल्लेखित कुनै नेताहरुको पार्टिलाई न बहुमत न प्रभावकारी बढीमत केही दिइएको छैन।
यो चुनावलाइ हामिले बिद्रोह , पुस्तान्तरणको ज्वलन्त आवाज र धर्म संस्कृति जगेर्ना गर्न म्याण्डेट दिएको भने बुझ्नु पर्छ। शुरुवात यहाँ बाट गरौ कि नेपाली राजनितिमा ६२/६३ को परिवर्तनमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ सात दलिय आन्दोलन भएको नै हो तर आन्दोलनको रापले परिवर्तन गरेको ब्यवस्था के फाइदाजनक र जनप्रीय भयो त? के यो वास्तविक आवश्यकता थियो त? हामिले नेपाली राजनितिमा भारतिय प्रभावका बारेमा मनग्य पढ्न पाएका छौ र हालको गोपनियता रहन नसक्ने समाजमा धेरै देख्न पनि पाएका छौ। एकथरी बिश्लेषकहरुले ब्यवस्था परिवर्तनमा भारतियहरुको प्रत्यक्ष हात छ भनेका छन जुन नकार्न सकिन्न किनकी मावोवादिको बिद्रोह भारतकै छत्रछाया र आशीर्वादले सम्भव भएको थियो।
मेरो आखाले स्वयं देखेको हो कि ६२/६३ को आन्दोलनमा हालको कचनकवल गाउँ पालिकाको बाटो हुँदै भारत पसेका नेताहरु। यसले के बुझाउछ भने सुरक्षा भारतले दिएको नै हो। आन्दोलनको रापले ल्याएको परिवर्तनलाई भ्यालिडेट गर्न कुनै चुनाव गरिएन, के जनताले परिवर्तन चाहेका थिए त? के तथ्यांक छ कि देशको ५१% नागरिक आन्दोलनमा होम्मिएका थिए भन्ने? छैन, त्यसैले यो आयातित र लादिएको परिवर्तन थियो जुन अझ घातक हुँदै छ। धर्म निरपेक्षताको बिषयमा जब सम्म नेपाली कांग्रेस खुलेर बोलेन यो संभावना भन्दा बाहिर थियो, तत्कालिन अवस्थामा कांग्रेसका प्रभावशाली नेता खुम बाहादुर खड्काले हिन्दु राज्य मास्न हुन्न भन्ने चर्को बिरोध गरेका नै थिए र कुनै अन्य पार्टिलाइ पनि जनताले धर्म निरपेक्षताको म्याण्डेट दिएन।
नेपाल एक हिन्दु राज्य हो र यो पहिचान हो भन्ने मान्यता तुहियाउन केही नेतृत्व हरुको हठले संविधान बनाइयो जसको बिरोध र जसप्रती बिद्रोह यो चुनावमा भयो। हामि मुद्दामा प्रवेश गरौ, २०७८ शालमा राप्रपाको एकता महाधिवेशनमा व्यापक चर्चा, राष्ट्रिय अन्तर्राष्ट्रिय ध्यान खिच्दै जब राजेन्द्र लिङ्देनको उदय भयो, यसले मुर्झाउदै गरेको मुद्दामा जीवन प्रदान गर्यो। विभिन्न बौद्धिक सर्कल, युवाहरुको ध्यान राप्रपले खिच्यो र संगठन अतुलनीय रुपमा बिस्तार हुँदै गयो। चुनावी सरगर्मिमा राज संस्था र हिन्दु राज्यको मुद्दा बोकेका राजेन्द्र लिङ्देनले यो मुद्दाको खुरुन्दार बिरोधी कृष्ण सिटौलालाइ हराए , गृहमन्त्री बालकृष्ण खाड लाई राप्रपाका दिपक बोहोराले हराए, गठबन्धनको बहुमत रहेको स्थानबाट ज्ञानेन्द्र शाही जिते, दिपक सिंह उदाए, रबिन्द्र मिश्र , कुन्ती शाही, रेखा थापा लगायत धेरै उम्मेद्बारहरुले सम्मानजनक मत ल्याए। समानुपातिकमा राम्रै मत ल्याइ राष्ट्रिय पार्टी पनि नभइ चुनाव लडेको राप्रपा आज दरिलो शक्ति भएर संसद छिर्दै छ।
अब यसलाइ कसरी बुझ्ने त? जनताले पुस्तान्तरण गर्न नरुचाउने पद्धति प्रती बिद्रोह गर्दै रवि लामिछानेको पार्टिलाइ मत खन्याए, मावोवादि खुम्चियो, अन्य सबै दल झरे र उदय भयो राप्रपाको । अभिभावकत्व गुमेको देशमा बारम्बार राष्ट्रपतिको लागि बार्गेनिङ्ग हुने र भुपु भएपश्चात राष्ट्रिय ढिकुटीबाट हेरचाह गर्नु पर्ने, जनता भन्दा नेता र आसेपासे प्रधान हुने आयातित लोकतान्त्रिक गणतन्त्रको बिरुद्द र नेपालको वास्तविक पहिचान हिन्दु राष्ट्र स्थापनार्थ संघर्षको बिगुल यो चुनावमा जनताले फुके। राप्रपाको उदय सिद्धान्तको किल्ला गाडिनु हो र अब हराउन अनि मेटाउन खोजिएको पहिचान जनताले खोजी गर्नु हो भनेर प्रष्ट बुझ्न सकिन्छ।
राजेन्द्र लिङ्देनको सिद्धान्त प्रतिको निष्ठा , उदारवादी नीति प्रतिको बफादारिता र संवर्धनवाद प्रतिको जागरुकताको उपज थियो यो नतिजा। राप्रपाले अवलम्बन गरेको नीति प्रती जनताको चासो र सहभागिता बढ्नुले अब देशमा सकारात्मक संघर्षको सुरुवातको आभाष भएको छ। संसदमा एकरुपले नेपाली माटो उत्पादित सिद्धान्त र पहिचानको आवाज उठाउन जनताले म्याण्डेट दिएका नै छन। हामिले यो भनिरहदा छुटाउन के मिल्दैन भने राजतन्त्रको वकालत गरिएको छैन बल्की राज संस्थाको , यी फरक बिषय हुन। एउटा सिङ्गो देश बनाइ हस्तान्तरण गर्दै आएका राजाहरुको ईतिहास मासेर आफुलाइ राजा बनाउन तल्लीन हालको शासकीय पद्धतिको विरुद्ध जनता खुलेर लाग्न थालेको यो निर्वाचनले देखाएको छ। अन्त्यमा गाडिएको किल्ला जग बनेर पहिचानको घर बन्छ या यो तुहिन्छ त्यो त समयले बताउला तर मंसिर ४ मा जनतामा आएको उर्जा र ब्यालेटमा ब्यक्त गरिएका भावनाले अब देशले अभिभावकत्व र पहिचान खोजेको महसुस भने हुन्छ।