कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल अनतर्गत आज दुई खेल हुँदैछ। पहिलो खेलमा ब्राजिलले क्रोएसियाविरुद्ध एडुकेशन सिटि रंगशालामा राति ८:४५ बजे खेल्नेछ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।
त्यस्तै आज हुने दोस्रो खेलमा अर्जेन्टिनाले नेदरल्यानडविरुद्ध खेल्नेछ। यी दुईबिचको खेल नेपाली समय अनुसार राति १२:४५ मा लुसेल रंगशशालामा हुनेछ। अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।
अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो ।यस्तै नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।







