एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएका छन् । मंगलबार बसेको नवनिर्वाचित सांसदहरूको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रूपमा चयन गरेको महासचिव शंकर पोखरेलले जनाएका छन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्ष ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जित हात पारेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको थियो । एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search