हल्दिबारी गाउँपालिका वडा नं ४ द्वारा आयोजित उदघोषण तालिम समापन

झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ द्वारा आयोजित ७ दिवसीय क्षमता अभिवृद्धि तथा नेतृत्व विकास र उद्घोषण तालिम आज एक समारोहका विच समापन भएको छ।

Advertisement


वडाध्यक्ष सन्तकुमार थापा को अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि, विशेष अतिथि उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज रानामगर, दिपेन्द्र आ.वि का व्यवस्थापन समितिका अध्यक्ष अनिल चौहान, शिक्षक अर्जुन भट्टराई, योगेश कार्की, जलथल स्वास्थ्य चौकी इन्चार्ज रामप्रसाद ढकाल, प्रहरी चौकी इन्चार्ज दिपेन्द्र गौतम अतिथि रहेको कार्यक्रममा वडा सदस्यहरू सुरेन्द्र बाराकोटी,भागीरथा दाहाल, शान्तादेवि विक , वडा सचिव जयप्रसाद पोखरेल लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले वडाले सबै उमेर समूहलाई लक्षित गरी ल्याएको तालिम उत्कृष्ट रहेको भन्दै सहभागीहरूलाई कुनै पनि काम गर्न, कार्यक्रम संचालन अघि सर्न आग्रह गरेका थिए।
यस्तै विशेष अतिथि उपाध्यक्ष मैनालीले आफूले यस्तो सिक्ने अवसर नपाएर कहिले काँही अझै पनि गार्हो पर्ने भन्दै नधकाई बोल्न र अघि बढ्न पर्ने धारणा राखेकी थिइन्।
कार्यक्रमको अन्त्यमा बोल्दै वडाध्यक्ष थापाले विधार्थी देखि गृहणी सम्मको सहभागिता रहेको तालिम फलदायी भएको धारणा राखेका थिए। पहिलो पटक तालिममा सहभागी प्रशिक्षार्थीले नै कार्यक्रम सञ्चालन गरेको भन्दै उनले जुन उद्देश्य ले कार्यक्रम गरिएको थियो त्यो सफल भएको बताएका थिए। विशेष गरी विधार्थीहरुलाई मध्यनजर गर्दै उनले भने अहिले बाट नै प्रयास गर्दै गए भोलिका दिनहरुमा पढाई संगै क्षमता अभिवृद्धि भई नेतृत्व लिन सक्ने भएकाले वडाले गर्नूपर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो भने प्रशिक्षक संचारकर्मी देवीका अधिकारी लाई कदरपत्र प्रदान गरिएको थियो।

यसैगरी सहभागीहरूलाई हौसला बढाउन सहभागी मध्ये बाट उत्कृष्ट कार्यसम्पादन गर्ने दिपा घिमिरे, अशोक शिवाकोटी, देवीमाया खरेल, सुमिता पोखरेल र कृत्रिम पोखरेललाई पुरस्कार वितरण गरिएको थियो।

तालिममा ११ वर्षदेखि ५५ वर्ष सम्मका ३० जना सहभागी भएका थिए।


सहभागी मध्येबाट प्रजिता न्यौपाने, देवीमाया खरेल, अशोक शिवाकोटी, अन्जना चौहान, सुमिता पोखरेलले सिकाईको अनुभव राख्दै ७ दिनको तालिमले मंचमा बोल्दा लाग्ने डर हटेको भन्दै अव विधालय तथा गाउँघरमा हुने कार्यक्रमहरू संचालन गर्न सक्ने धारणा राखेका थिए।

 

रमला उप्रेतीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन कृत्रिम पोखरेलले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search