सरकार गठनका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आज सकिँदै

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज सकिँदै छ। संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्।

संसदमा कुनै पनि दलको बहुमत नआएकाले धारा ७६ को उपधारा १ अनुसार सरकार बन्न नसक्ने देखिएका कारण राष्ट्रपति भण्डारीले सदनमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय पुस १० गते (आइतबार) साँझ ५ बजेसम्म तोकेकी राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सत्ता गठबन्धनले सरकार गठनको विषयमा छलफल केन्द्रित गरे पनि सहमतिमा पुग्न सकेका छैनन्। माओवादी केन्द्र अथवा नेपाली कांग्रेस कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो।

दुवैले पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्न पाउनु पर्ने दाबी नछोडे पछि राष्ट्रपतिले दिएको समयमा सहमति जुट्ने सम्भावना कमै देखिएको छ। उता सहमति जुटाउनका लागि गठबन्धन आवद्ध नेताहरूको बैठक पनि बस्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...