झापा।हल्दिबारी गा.पा. वडा नं ०४ निवासी ६५ वर्षिय वृद्धा बिष्णुमाया शेर्पा (स्तन क्यान्सर ) बाट ग्रसित भएकी छन्। उनको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले आज पौष २८ गते कृष्णसागर अंग्रेजी बिद्यालय हल्दिबारी ४ ले उनकै घरमा गई नगद रु ५०००नगद आर्थिक सहयोग गरेको छ।
शेर्पा का नाति ( छोरीको छोरा ) राज राजवंशी मावल मै बसेर कृष्ण सागर विधालय मै पढ्ने भएकाले यो बर्ष भरिको उनको बिद्यालय मा बुझाउनु पर्ने शुल्क रु २५,५५० पनि छुट गर्ने निर्णय गरेको शिक्षक नितेश खरेलले बताए। त्यसैगरी उनले सो बिद्यालयमा अध्यन गरिन्जेल बिद्यालयमा लाग्ने सम्पुर्ण शुल्क समेत छुट गर्ने विद्यालयका शिक्षक योगेश कार्की ले जानकारी दिएका छन्।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी शेर्पाको उपचार का लागि निकै ठुलो आर्थिक रकम को आवश्यक पर्ने भएकाले उनले सबै सहयोगी मनहरूलाई सहयोग गरिदिन अपिल गरेकी छन्।