झापाका घिमिरे एमालेका सभामुख उम्मेदवार

नेकपा एमालेले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता गराउने भएको छ ।

झापा–२ वाट निर्वाचित घिमिरेलाई सभामुखको उम्मेदवारी दर्ता गराउन लागेको हो । संघीय संसद सचिवालयले  सभामुख उम्मेदवारी दर्ताका लागि आजको समय सिमा दिए पछि एमालेले घिमिरेलाई सभामुखको उम्मेदवारी बनाउन लागेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

पुर्ववत सहमति अनुसार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search