झापा। परिवार योजना सम्बन्धी स्थायी बन्ध्याकरण अगावै अन्तरकृया तथा योजना गोष्ठी स्वास्थ्य कार्यालय झापाको आयोजनामा आज हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ ।
परिवार योजना सफल बनाउन स्वास्थ्यकर्मी र स्वयंसेविका को भूमिका के हुन्छ, नितिगत व्यवस्था र अन्तर्राष्ट्रिय धारणा के छ, परिवार योजना सेवा को अवस्था लगायतका विषयमा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी गराएका थिए।
परिवार योजना गर्दा गर्दाका फाइदा,कसरी सुरक्षित र व्यवस्थित तरिकाले परिवार योजना बनाउन सकिन्छ र स्थायी बन्ध्याकरण कसले गर्न मिल्छ, मिल्दैन?? किन गर्ने?स्थायी बन्ध्याकरण सम्बन्धी गलत धारणा के के छन् लगायतका विषयमा पनि बाराकोटीले प्रष्ट पारेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य महिला स्वयंसेविकाहरुलाई स्थायी बन्ध्याकरण सम्बन्धी जानकारी गराई सेवाग्राहीलाई अधिकतम सेवाको उपभोग गराउने रहेको थियो।
यसैगरी सोही कार्यक्रममा माघ २० गते स्थायी बन्ध्याकरण शिविर हल्दिबारी आधारभूत अस्पतालमा संचालन हुने पनि जानकारी गराईएको थियो।
हल्दिबारी गाउँपालिका अन्तर्गत का तिनवटै स्वास्थ्य कार्यालयका प्रमुखहरु, स्वास्थ्यकर्मीहरू,महिला स्वयंसेविकाहरू, संचारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले गरेका थिए।