राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हल्दिबारीमा शुभारम्भ

झापा।राष्ट्रपति रनिङ शिल्ड हल्दिबारी गाउँपालिका स्तरीय अन्तरमाध्यमिक खेलाडी छनौट प्रतियोगिता आजबाट शुभारम्भ भएको छ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले पानसमा बत्ती बालेर प्रतियोगिताको सुरु गरिएको थियो।
माघ २७ गते बाट २९ गते सम्म संचालन हुने प्रतियोगितामा हल्दिबारी गाउँपालिका का सामुदायिक र संस्थागत गरी ११ वटा विद्यालय को सहभागिता रहेको छ।
छनौट चरणका आज भएका एथलेटिक्सका खेलहरूमा १०० मिटर दौडमा छात्र तर्फ अरुण राई ,जितेन राई जनजागृति मा.वि, राज मेचे , रोहित मेचे चिल्ड्रेन गार्डेन इङलिस स्कुल,सरोज सोरेन,सिग्मा अंग्रेजी मा वि र इस्लाम मोहम्मद लक्ष्मी मा वि, यसैगरी छात्रा तर्फ अस्मिता दर्जी हल्दिबारी मा वि , एलिना मेचे, चिल्ड्रेन गार्डेन इङलिस स्कूल,वर्षा उराउ ,राधन हस्दा लक्ष्मी मा वि, प्रजिता आचार्य सिग्मा अंग्रेजी मा वि र अनिशा खड्का चिल्ड्रेन गार्डन एकाडेमी अघिल्लो चरण प्रवेश गरेका छन्।

‍यसैगरी भलिबलमा खेलमा छात्रातर्फ सरस्वती मा वि, जनजागृति मा वि र छात्र तर्फ हल्दिबारी मा वि र जनजागृति मा वि अघिल्लो चरण प्रवेश गरेका छन्।

यस्तै आजै भएको कब्बडी खेल मा चिल्ड्रेन गार्डेन इङलिस स्कुल , हल्दिबारी मा वि र लक्ष्मी मा वि छात्र तर्फ अघि बढेका छन् भने, छात्रा तर्फ जनजागृति मा वि अघिल्लो चरण प्रवेश गरेको छ।
आज केही खेलका फाइनल खेल भएका थिए जसमा (jabling throw) मा प्रतिक विष्ट जनजागृति मा वि प्रथम,संगम सावा चिल्ड्रेन गार्डेन इङलिस स्कूल दोस्रो र मुस्कान राई सरस्वती मा वि तेस्रो भएका थिए भने (shot put) छात्र तर्फ सुजित नेम्वाङ सिग्मा अंग्रेजी मा वि प्रथम, रूपेश मेचे हल्दिबारी मा वि दोस्रो र राजकुमार मण्डल लक्ष्मी मा वि तेस्रो भएका थिए। यस्तै छात्रातर्फ बविता राई हल्दिबारी मा वि प्रथम, सबिना किस्कु लक्ष्मी मा वि दोस्रो र सन्धया तामाङ सिग्मा अंग्रेजी मा वि ले तेस्रो स्थान हासिल गरेका थिए।
सबै खेलका बिजयी खेलाडीहरू लाई २९ गते समापन कार्यक्रम मा पुरस्कृत गरिने कार्यक्रम संयोजक एवम् हल्दिबारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा ले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...