राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हल्दिबारी तेस्रो , अस्मिता कोल सर्वोत्कृष्ट खेलाडी घोषित

झापा जिल्ला स्तरीय तेह्रौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हल्दिबारी गाउँपालीका ७ स्वर्ण पदक सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

Advertisement

रनिङ शिल्ड को अन्तिम दिन आज मात्रै हल्दिबारीले ४ स्वर्ण र ४ काश्य पदक हात पारेको छ।

आज भएको खेलहरूमा कराँते मा ५२ के जी तौल समूहमा युनिस आङदेम्बे ले काता र कुमुटे मा गरि एकैदिन २ स्वर्ण जितेका छन् भने
काता मै छात्रा तर्फ ५० के जी तौल समूहमा अस्मिता कोल प्रथम हुदै स्वर्ण पदक हात पारेकी छिन् उनले अघिल्लो दिन पनि स्वर्ण पदक जितेकी थिइन्।

यस्तै आजै भएको ३००० मिटर दौडमा हल्दिबारीका प्रज्वल रायमाझी प्रथम हुदै स्वर्ण पदक जितेका छन् उनले १५०० मिटर दौडमा पनि स्वर्ण जितेका थिए।

४*१०० मिटर दौडमा छात्र तर्फ रोहित मेचे, संजय मुर्मु,सरोज सोरेन र पवन गिरीले काश्य पदक हात पारेका छन्। यस्तै ४*४०० मिटर दौडमा शशिकला याक्सो, शान्ति मुर्मु,सोनी योङहाङ र अस्मिता दर्जी ले काश्य पदक जितेका छन् भने ४*४०० मिटर दौडमा छात्र तर्फ अरूण राई, जितेन राई, प्रज्वल रायमाझी र आर्यन सुवेदी को समूहले पनि काश्य पदक हात पारेका छन् भने व्यक्तिगत ४०० मिटर दौडमा हल्दिबारीका हिमाल गुरुङ ले काश्य पाएका छन्। तेस्रो स्थान वापत १ स्वर्ण पाएको हल्दिबारी को  सबै खेलमा गरि जम्मा ७ स्वर्ण,१ रजत र ५ काश्य भएको छ।

झापा जिल्लामा तेस्रो स्थान ल्याउन सफल हल्दिबारी कराँतेमा जिल्ला प्रथम साथै कराँते कि खेलाडी अस्मिता कोल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हल्दिबारी का खेलकुद संयोजक एवम् वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा ले जानकारी दिएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search