आयोजक समितिका अध्यक्ष सुमन गुरुङका अनुसार प्रतियोगिता यहि अश्विन ३० गते बाट जन जागृती माबीको खेल मैदानमा गरिने तयारी भइरहेको छ । गोलधाप क्षेत्रका विभिन्न टोलका टिमहरूले यसमा सहभागिता जनाउने छन्। विजेता टोलीलाई आकर्षक पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय समुदायको सहयोगमा हुने यो प्रतियोगिताबाट खेलकुदप्रति युवाहरूको आकर्षण बढ्ने र गाउँमा सकारात्मक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ भने उक्त खेललाई विभिन्न देश तथा विदेश हरुमा रहेका खेलप्रेमी महानुभाव हरुलेपनी विभिन्न माध्यम बाट सहयोग गरिरहेको कुरा जानकारी गराएका छन ।
खेललाई प्रत्यक्ष रुपमा रुटिन अफ हल्दीबारी बाट लाईभ प्रसारण गरिने पनि आयोजकले बताएका छन ।