एसईईको रजिस्ट्रेसन फाराम खुल्यो

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुलाएको छ।कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन आग्रह गरेको छ।

‘विद्यालयहरुले अध्ययनरत विद्यार्थीको नाम, थर, जन्ममिति, आमाबाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने/गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने,’ कार्यालयले भनेको छ।

धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमाबाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराइएको बोर्डले बताएको हो।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा) र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८० को नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन फाराम भर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...