बिहीबार फेरि सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ।
बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ। चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ।